अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गण्डकी प्रदेश अध्यक्षमा जितु


     एभरेस्ट आवाज    
     श्रावण १७ गते २०८२ मा प्रकाशित




पोखरा, साउन १७

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गण्डकी प्रदेश अध्यक्षमा अमरजंग गुरुङ (जितु) चयन भएका छन् । महासंघको शनिबार पोखराको वरपिपल रिसोर्टमा भएको भेलाले गुरुङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

महासंघ गण्डकीको वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ती श्रेष्ठ(उदास) र सुनील न्यौपाने, महासचिवमा चिरञ्जिवी गौतम, सचिवमा प्रसुन्ना भण्डारी र राजकुमार सुनार, कोषाध्यक्षमा पोषराज पौडेल र सह–कोषाध्यक्षमा रुद्र रेग्मीलाई चयन गरेको छ ।

महासंघ गण्डकीको प्रवक्तामा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य चयन भएका छन् भने सदस्यहरुमा अस्मिता लामीछाने, भूपेन्द्रकुमार लामा, रमेशप्रसाद भुर्तेल, हरि लामिछाने, गोपालप्रसाद संग्रौला, धर्मराज पन्थी, थानेश्वर बराल, असुतोल प्रधान र सुरेन्द्रकुमार चयन भएका छन् ।

सर्वसम्मत अध्यक्षमा चयन भएपछि नवनिर्वाचित अध्यक्ष गुरुङले गण्डकी प्रदेशमा युवा उद्यमशीलताको सञ्जाल विस्तार गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली युवा उद्यमीहरूको पहुँच र अवसर सृजना गर्ने बताए ।

भेला महासंघका केन्द्रीय अध्यक्ष स्वतन्त्रप्रताप शाहको अध्यक्षतामा भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।