१८ साउन, काठमाडौं ।
के तपाईंको व्यक्तिगत घटना विवरण बिग्रिएको छ । वा आफ्नो व्यक्तिगत घटना विवरण विग्रिएर झञ्झट व्यहोरेर चिन्तामा हुनुहुन्छ ? यदि आफ्नो व्यक्तिगत घटना विवरण बिग्रिएको छ भने अब तपाईंले चिन्ता लिनुपर्दैन । किनकी अब एक पटकलाई व्यक्तिगत घटना विवरण मिलाउन पाईने भएको छ ।
यसअघि जन्मदर्ता कागजमा भएको नाम, जन्म मिति, जन्म स्थानलगायतका विवरण बिग्रिदा झञ्झट व्यहोर्नुपरेको थियो । जसका कारण नागरिकता, राष्ट्रिय परिचय पत्रमासमेत नाम, ठेगाना वा जन्म मिति बिग्रिएकै बनाउनुपर्ने बाध्यता थियो । तर केही नेपाल ऐनलाई संशोधन गर्दै अब व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने बनाएको छ ।
राष्ट्रिय परिचयपत्र तथ पञ्जिकरण ऐन २०७६ मा बालबालिकाको जन्मदर्ता एक वर्षभित्रमा सच्याउन मिल्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था पनि २०७६ सालभन्दा पछि जन्मिएका बच्चाहरूका हकमा मात्रै लागू थियो । त्यसो हुँदा जन्म दर्ता गरेर पनि त्यसपछिका कागजपत्र नबनाइदिनेहरूका सन्तानले दुःख पाएका थिए ।
त्यही अप्ठ्यारोलाई फुकाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ऐन संशोधनको प्रक्रिया अघि बढाएको थियो । अब संशोधित ऐनअनुसार अब एकपटकका लागि व्यक्तिगत घटना विवरण सच्याउन पाईने भएको हो । ‘कुनै व्यक्तिगत घटना दर्ताको विवरणमा उल्लेखित नाम, थर, उमेर वा अन्य विवरण सच्याउनुपरेमा सम्बन्धित व्यक्तिले एकपटक स्थानीय पञ्जाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन सक्नेछ ।’
अब गृह मन्त्रालयले ढाँचासहितको नियमावली तयार पारेपछि सोहीअनुसार स्थानीय तहका निवेदन दिन सकिने जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिकाले चीनको मितेरी सहर लिञ्जीबाट उपहारस्वरुप पाएका स्वास्थ्य सामग्री अन्ततः साढे…






