पोखरामा लागूऔषधसहित एक पक्राउ


     एभरेस्ट आवाज    
     श्रावण १९ गते २०८२ मा प्रकाशित




पोखरा, साउन १९

पोखरामा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । धादिङ घर भई हाल पोखरा–२७ रिट्ठेपानी लामटार बस्ने २४ वर्षिय राजन गुरुङलाई कास्की प्रहरीले सोमबार साँझ लागूऔषधसहित पक्राउ गरेको हो ।

लागूऔषधको कारोबार भइरहेको सूचना प्राप्त भएपछि लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलिले गुरुङको घर खानतलासी गर्दा बुप्रिनर्फिन–२५८एम्पुल, डाईजापाम–२२४एम्पुल, फेनरागन–१७६ एम्पुल गरी जम्मा ६५८ एम्पुल बरामद गरेको कास्की प्रहरीले जनाएको छ । उनको साथबाट एक थान मोवाइलसमेत बरामद भएको प्रहरीको भनाई छ ।

गुरुङलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा सात दिन म्याद थप गरी थप अनुसन्धान जारी राखेको प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।