नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने छापावाल सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ थियो ।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार २८० रुपैयाँ पुगेको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २६ बैशाख। र्याण्डम रिडर्स सोसाइटीको नियमित किताब परिचर्चा कार्यक्रमको १२६ औं श्रृङ्खलामा…






