पोखरा, साउन २२
पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप (लक्ष्मी फाउण्डेसन)बीच ताल सरसफाई सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । तालको पानी कञ्चन बनाउने तथा तालमा रहेको जलकुम्भी झारलाई रोजगारीसँग जोड्ने विषयमा यी दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौता पत्रमा पोखरा महानगरपालिकाका तर्फबाट मेयर धनराज आचार्य र लक्ष्मी फाउण्डेसनको तर्फबाट अध्यक्ष गणेशबहादुर श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता अनुसार लक्ष्मी फाउण्डेसनले पोखरामा रहेका तालहरुको सरसफाई गर्नेछ । जस अनुसार फाउण्डेसनले तालको पानी निर्मलीकरण गरेर सफा र स्वच्छ बनाउने छ । त्यस्तै, तालमा रहेका फोहोरहरु र जलकुम्भी झारको सरसफाई गर्नुका साथै त्यसलाई रोजगारीसँग जोड्ने समझदारी पत्रमा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लब अफ पोखरा चौतारीले गोरखाको पालुङटार नगरपालिका–७ स्थित मस्र्याङ्दी आधारभूत विद्यालयका…







