सन्देश श्रेष्ठ
पोखरा, साउन ३१
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीवबहादुर कोईरालाले जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालय खारेज गरेकोप्रति आपत्ति जनाएका छन् । चिप्लेढुंगा–सिद्दार्थचोक व्यवसायी समितिको शनिबार आयोजित तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उनले गण्डकी प्रदेश सरकारले प्रशासनिक संरचना घटाउने नाममा अत्यावश्यक कार्यालयसमेत खारेज गरेको भन्दै विरोध गरेका हुन् ।
गण्डकी प्रदेश सरकारले प्रशासनिक खर्च घटाउनका लागि ७ निर्देशनालयसहित ९१ संरचना घटाउने निर्णय गरेको थियो । जसमा कास्की, बागलुङ र तनहुँ जिल्लाबाहेक गण्डकी प्रदेशका ८ वटा जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालय खारेज भएको छ । तर ती कार्यालय खारेज भएपछि सो जिल्लाका उद्योगी, व्यवसायीले शास्ती भोग्नुपर्ने अवस्था आएको उनको दाबी छ । अहिले ती जिल्लाका व्यवसायी व्यवसाय दर्ता र नविकरणका लागि पोखरा आउनुपर्ने बाध्यतामा परेको भन्दै उनले भने,‘मनाङ, मुस्ताङमा व्यवसायी कम भएकाले सरकारलाई आर्थिक भार पनि बढी हुनेहुँदा खारेज गर्नु ठिकै हो, तर पर्वत र स्याङ्जालगायतका जिल्लामा खारेज गर्नु गलत हो । यो निर्णय तत्काल फिर्ता गरी ती जिललमा कार्यालय पुर्नस्थापना गर्न म माग गर्दछु ।’
कोईरालाले उद्योग, व्यवसायसँग सम्बद्द संघसंस्था खारेज गर्दा नेपाल उद्योग वाणिज्य महासंघसँग सरसल्लाह वा सुझावसमेत नमागिएको बताए । यो नितान्त हामीसँग सम्बन्धित कुरा हो,उनले थपे,‘तर हामीसँग यसबारेमा एकपटक पनि सोधिएन, सुझाव मागिएन । त्यसैले यो तत्काल जस्ताकोतस्तै कार्यालय सञ्चालन गर्न आग्रह गर्दछु ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस आउटलेट…







