सन्देश श्रेष्ठ
पोखरा, भदौ १४
पोखरामा ओमोडा एण्ड जेकुको नया सोरुम खुलेको छ । ओमोडा एण्ड जेकुको पोखराका लागि आधिकारिक वितरक ईलाइट मोटर्स प्रा.लि.ले पोखरा–१० शिवचोकमा ‘ओमोडा एण्ड जेकु’को नया सोरुम खोलेको हो । सोरुमको शनिबार गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गरे ।

सो सोरूम ३ एस (सेल्स, सर्भिस र स्पेयर) सुविधासहित पूर्णरूपमा अद्यावधिक गरिएको जनाइएको छ । झण्डै २०,००० वर्ग फुट क्षेत्रफलमा फैलिएको यस सोरूमले ग्राहकहरूलाई एउटैस्थानबाट सबै सेवा उपलब्ध गराउने ईलाईट मोटर्स प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक गोपाल बरालले जानकारी दिए । उनले भने,‘अत्याधुनिक प्रविधिबाट सुसज्जित सर्भिस सेन्टरले बिक्रीपछि प्रदान गरिने सेवाको गुणस्तरलाई अझ मजबुत बनाउनेछ ।’ सोरुम ओमोडा एण्ड जेकुको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार पारिएको उनले दाबी गरे ।
सोरुमको उद्घाटनको अवसरमा ओमोडाको नया जेकु जे५ पनि सार्वजनिक गरिएको छ । ओमोडाको पछिल्लो पटक आएको जेकु जे५ गाडीको मन्त्री विन्दुकुमार थापासँगै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, एसपीजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदा, निर्देशक गौरव शारदालगायतले सार्वजनिक गरे ।

नाइमा एक्स्पोमा पहिलोपटक प्रदर्शन गरिएको यो गाडी शक्तिशाली विशेषता र आकर्षक डिजाइनका कारण लक्जरी एसयुभी वर्गमा छुट्टै पहिचान बनाउन सफल रहेको एसपीजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदाले बताए ।
जेकु जे५ का प्रमुख विशेषताहरूमा १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक सन रूफ, १८ इन्चको अलोय ह्वीलसहितको स्पेयर टायर, ४६१ किलो मिटरको ड्राइभिङ रेन्ज, र ४८० लिटरको बुट स्पेस जस्ता सुविधाहरू रहेको कम्पनीका बजार शाखा प्रमुख ज्ञानेन्द्रबहादुर चन्दले जानकारी दिए । उनले भने,‘गाडीमात्र राम्रो होईन, हामीले दिने सेवा सुविधा पनि राम्रो छ । हामीले सबै प्रदेशका सहरहरुमा चार्जिङ स्टेशन पनि बनाएका छौं ।’
ईलाईट मोटर्स प्रालिका प्रबन्ध निर्देशक गोपाल बरालले पोखरामा जेकु जे५ले चाँडै पोखरेलीको मन जित्ने दाबी गरे,उनले भने,‘पोखरा हाम्रो लागि प्रमुख बजार हो । नया शोरूम र प्रिमियम उत्पादनमार्फत ग्राहकलाई अझ उन्नत अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई हामीले पुनःसुनिश्चित गरेका छौँ ।

कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अमोडाको जेकु जे५ले पोखरेलीको मन जित्ने विश्वास व्यक्त गरे । उनले व्यवसायीमैत्री वातावरण बनाउन प्रदेश सरकार लागिरहेको बताउँदै उनले भने,‘तपाईंहरुले पनि स्पेयर पार्टस्, चार्जिङलगायतका सेवालाई सर्वसुलभ बनाउनूस् ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,३१ भदौ । पोखराका युवा व्यवसायी प्रदीप कोइराला व्यवसाय तथा सामाजिक क्षेत्रमा…





