एक हप्तादेखि लगातार बढिरहेको सुनचाँदीको भाउ आज स्थिर छ । सुनको भाउ हिजोजस्तै आज पनि तोलाको दुई लाख सात हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएको १३ गते शुक्रबार दुई लाख रुपैयाँ नाघेको सुनको भाउ त्यसयता लगातार बढेको थियो । अस्ति मंगलबार सुनको भाउ तोलाको दुई लाख पाँच हजार नौ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि स्थिर छ । चाँदी हिजो तोलाको दुई हजार चार सय ८० रुपैयाँ रहेकोमा आज पनि त्यही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको दुई हजार चार सय ८५ रुपैयाँ पुगेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस आउटलेट…







