भदौ २३
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडको अध्यक्षमा ऐनकुमार साई निर्वाचित भएका छन् । कम्पनीको हालै सम्पन्न अधिवेशनमा साई निकट्तम प्रतिष्पर्धी विज्ञानश्रेष्ठलाई ८४ मतान्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित अध्यक्ष कम्पनी भएपछि पहिलो पटक अध्यक्ष भएका हुन् । यसअघि पृथ्वीराजमार्ग बस व्यवसायी समिति हुँदा उनी अध्यक्ष भइसकेका व्यक्ति हुन् ।
अध्यक्षमा निर्वाचित साईले ६ सय ८ मत प्राप्त गरे भने निकट्तम प्रतिस्पर्धी श्रेष्ठले ५२४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनमा सञ्चालकतर्फ हेमन्त मल्ल ८४०, जयप्रसाद शर्मा र मेघराज त्रिपाठी दुवै ७२३–७२३ मत, अशोककुमार चौधरी (६८० मत), कृष्णप्रसाद पौडेल (६५९ मत), जसबहादुर गुरुङ (६२४ मत), बाबुराम दवाडी ‘साइँला’ (६१५ मत), ज्ञानबहादुर केसी ‘ज्ञानु सर’ (५६६ मत), काशी शर्मा न्यौपाने (रामु) (५३६ मत) र लक्ष्मीप्रसाद पौडेल (५३४ मत) ल्याएर निर्वाचित भए ।
कम्पनीको क्षेत्रीय संयोजकमा बेशीशहरका बुद्धिप्रसाद घिमिरे र धौलागिरीका ईन्द्रप्रसाद गुरुङ बिजयी भएका छन् भने अन्य क्षेत्रीय सदस्यमा खोमबहादुर थापा, रामप्रसाद भट्ट, विक्रम थापा, चिरञ्जिवि रेग्मी, भानुभक्त न्यौपाने, सुमनकुमार श्रेष्ठ र सुजन श्रेष्ठ यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।
नवनिर्वाचित अध्यक्ष साईसहित पदाधिकारी तथा सदस्यहरुले सपथग्रहण लिइसकेका छन् ।
यसअघि निवर्तमान अध्यक्ष योगेन्द्रबहादुर केसी थिए । उनी यस पटक भने चुनावी प्रतिष्पर्धामा थिएनन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल भुतपुर्व खेलाडी मञ्चको रजत महोत्सवको समापन आगामी मंगलबार हुने भएको छ।…







