पोखरा, असोज ५
पोखरामा यामाहाको चाँडपर्व केन्द्रीत ब्लु फेष्ट शुरु भएको छ । यामाहाको पोखराका लागि आधिकारिक डिलर भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.ले अमरसिंहचौरको पश्चिमपट्टीको खेल मैदानमा आजदेखि नेपालीको महान चाँडपर्वहरु बडादशैं, तिहार, नेपाल र छठ केन्द्रीत यामाहाको ब्लु फेष्ट शुरु गरेको हो । असोज १३ गतेसम्म हुने ब्लु फेष्टमा ग्राहकले कुनैपनि पुरानो बाईक तथा स्कुटर साटफेर गरेर नया बाईक खरिद गर्न सक्ने जनाइएको छ ।

यामाहा व्राण्डका बाईक तथा स्कुटरका ग्राहक वर्गहरुको चाहना र मागलाई मध्यनजर गरेर एक्सचेञ्ज अफर गरिएको भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.का महाप्रबन्धक सरोज श्रेष्ठले जानकारी दिए । एक्सचेञ्ज अफरमा ग्राहकले हरेक नया बाईक खरिदमा न्यूनतम ६ हजारदेखि माथि १० लाखसम्म कुपनमार्फत उपहार जित्न सक्ने उनले बताए । उनका अनुसार ग्राहकले बाईक खरिद गर्नुअघि डिजिटल कुपनमार्फत एक लाखसम्म नगद उपहार जित्न सक्नेछन् भने बाईक खरिद पछि डिजिटल कुपनमार्फत नै १० लाखसम्म नगद जित्न सक्नेछन् । त्यस्तै, सोहि कुपनबाट विक्ली ड्रमाफृत साप्ताहिक रुपमा यामाहाको बाईक जित्न सकिने पनि उनले जानकारी दिए ।
त्यस्तै, ब्लु फेष्टमा यामाहाको जुनसुकै बाईक साटफेर गर्न आएपनि न्यूनतम ५० हजार भ्यालुएसन हुने उनले बताए । उनले भने,‘यामाहाकै भयो भने न्यूनतम ५० हजार भ्यालुएसन हुन्छ । अन्य कम्पनीको भयो भने न्यूनतम २५ हजारदेखि माथि भ्यालुएसन हुन्छ ।’ उनका अनुसार ब्लु फेष्टमा पुरानो बाइकको मूल्याङ्कनमा थप १० हजारसम्म अतिरिक्त मूल्याङ्कन ग्राहकहरुले प्राप्त गर्नेछन् । साथै, हेलमेट, लेग गार्ड, फुट म्याट, बाइक कभर र ब्याग जस्ता सामानहरू ग्राहकलाई निःशुल्क प्रदान गरिने उनले जानकारी दिए ।
यामाहाका स्वरुम ईञ्चार्ज सन्दीप अधिकारीले ब्लु फेष्टको अवसरमा यामाहाको खरिदकर्तालाई फ्लेक्जिबल फाईनान्सको सुविधा प्रदान गरिएको बताए । उनका अनुसार पचास प्रतिशत डाउन पेमेन्टमा ७.९९ प्रतिशत ब्याजमा फाइनान्सको सुविधा दिनुका साथै अन्य अवस्थामा ३० प्रतिशत डाउन पेमेन्टमैपनि फाईनान्स गरेर बाईक÷स्कुटर बिक्री भइरहेको छ । उनले जेनजी आन्दोलनपछि यातायात कार्यालय नखुल्दा बाईक नामसारीमा समस्या हुन्छ कि भन्ने पनि नसोंच्न आग्रह गरे । उनका अनुसार तत्काल नामसारी कागजका आधारमा पास गरिने र फाईनान्स पनि त्यसैका आधारमा हुनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस आउटलेट…







