सुरक्षाकर्मि विनै पोखरा आए शिक्षामन्त्री पुन


     एभरेस्ट आवाज    
     असाेज १३ गते २०८२ मा प्रकाशित




शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा महावीर पुन बिना सुरक्षा पोखरा आईपुगेका छन् ।

मन्त्रालयबाट बिहान निस्केका पुन जहाजबाट पोखरा आईपुगेका हुन् । ‘सुरक्षाकर्मी नलिइ मन्त्रीज्यू मन्त्रालयबाट बिहान निस्कनु भएको हो । पोखरा जानु भएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘पीएसओ पनि नलिइ जानु भएको छ ।’मन्त्री पुन पोखरा एयरपोर्टबाट सामान्यरुपमा ट्याक्सी चढेर नदीपुरस्थित घर पुगे का छन् । ‘उनी पोखरा आउने कसैलाई थाहा थिएन । सर्वसाधारण नागरिक जसरी नै पोखरा एयरपोर्टबाट ट्याक्सी चढेर घर जानु भएको छ,’ ती अधिकारीले भने ।

मन्त्री पुन पोखराको नदीपुरमा बस्दै आएका छन् । मन्त्री भएपछि मात्रै उनी केसरमहलस्थित मन्त्रालयमै बस्दै आएका थिए । सरकारी काम बाहेक अन्य अवस्थामा सवारी र सुरक्षा नलिने उनले घोषणा गरे अनुसार नै मन्त्री पुनले सवारी र सुरक्षा नलिएका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।