सुनको दैनिक आयात कोटा वृद्धि,२५ किलोग्राम पु¥याइयो


     एभरेस्ट आवाज    
     असाेज २४ गते २०८२ मा प्रकाशित




नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक सीमा बढाएर २५ किलोग्राम पु¥याएको छ।

शुक्रबार राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गर्दै सुन आयातको दैनिक सीमा बढाएको हो।दिपावली नजिकिएसँगै सुनको माग झनै बढ्ने भएपछि केन्द्रीय बैंकले आयात कोटा बढाएको हो । त्यस्तै,विदेशबाट आउने विप्रेषण (रेमिट्यान्स) को भुक्तानी सीमामा पनि परिवर्तन गरेको छ। विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको नयाँ परिपत्रअनुसार यी व्यवस्था लागू हुने छ। नयाँ व्यवस्थाअनुसार, सुन आयातको दैनिक सीमा हालको २० किलोग्रामबाट बढाएर २५ किलोग्राम पु¥याइएको छ।

त्यसैगरी, विदेशबाट आउने विप्रेषण (रेमिट्यान्स) सम्बन्धी व्यवस्थामा पनि परिवर्तन गरिएको छ। अब नेपाली वा विदेशी नागरिक तथा नेपालमा दर्ता भएका फर्म÷कम्पनी÷संस्था÷शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायतका विभिन्न प्रयोजनका लागि विदेशबाट प्राप्त हुने र फिर्ता गर्नु नपर्ने रकम इजाजतपत्र प्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित बेनेफिसियरीको खातामा जम्मा गर्दा दैनिक २५ लाख रुपैयाँसम्म (एकपटक वा पटकपटक) भुक्तानी गर्न सकिनेछ।

पहिले यो सीमा २० लाख रुपैयाँ रहेको थियो। यसरी रकम सङ्कलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजातहरू लिनुपर्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।