होटल मिस्टिक माउण्टेनको सेवा अब पोखरामा पनि


     एभरेस्ट आवाज    
     असाेज २५ गते २०८२ मा प्रकाशित




नगरकोटबाट सेवा दिँदै आएको होटल मिस्टिक माउण्टेनले आफ्नो सेवा पोखराबाट पनि सुरु गरेको छ ।

हस्पिटालिटि क्षेत्रमा आठ वर्ष देखि उत्कृष्ट होटल मिस्टिक माउण्टेनलाई हिली भ्याली प्रालीले फ्रेन्चाइचका रुपमा पर्यटकीय राजधानी पोखरामा ल्याएको हो । फेवाताल छेउमा अवस्थित होटलबाट पोखराका रमाणिय क्षेत्रहरुको दृश्यावलोकन गर्न पाइन्छ । प्राकृतिक हरियाली र स्वच्छ वातावरणमा बस्न चाहने पाहुनाका लागि होटल उपयुक्त रहेको होटेलका सेल्स एण्ड मार्केटिङ म्यानेजर अमिता श्रेष्ठले बताइन् । विशेष गरी पोखरा आउने पर्यटकहरु प्रकृतिसँग रम्न आउने भएकाले त्यसलाई मध्यनजर गर्दै पोखराको सेदीमा होटल सञ्चालनमा ल्याएको उनले बताइन् ।

नगरकोटमा उत्कृष्ट सेवा दिँदै आएको होटलले पोखरा जस्तो पहिलो रोजाईको गन्तव्यमा सेवा दिन पाउनु आँफुहरुका लागि खुसी र गौरवको कुरा भएको श्रेष्ठले बताइन् । हजारौँ सन्तुष्ट ग्राहकहरुका लागि अब पोखरामा पनि होटलले गुणस्तरीय सेवा प्रदान गर्ने जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।