ठूलाकोट कृषि सहकारी संस्थाको साधारणसभा सम्पन्न


     एभरेस्ट आवाज    
     असाेज २५ गते २०८२ मा प्रकाशित




पोखरा–२८ कालिकामा रहेको ठूलाकोट कृषि सहकारी संस्था लिमिटेडको १६औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै पोखरा २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले यहाँका बासिन्दा कृषि क्षेत्र केन्द्रित रहेको हुनाले कृषि सहकारीको ठूलो महत्व रहेको बताउँदै ठूलाकोट कृषि सहकारीले उत्कृष्ट काम गरिरहेको बताए । वडा अध्यक्ष लामिछानेले कृषिमा राज्यले ठूलो अनुदान खर्च गरिरहेकोले पोखरा २८ मा कृषि सहकारी मार्फत सहकार्य गरेर काम गर्नको लागि वडा कार्यालय सकारात्मक रहेको बताए । सहकारीका अध्यक्ष श्याम प्रसाद तिमिल्सेनाको अध्यक्षतामा भएको सधारणसभामा सहकारीका संस्थापक अध्यक्ष विश्वरमण अधिकारी पोखरा २८ का वडा सदस्यहरु विरेन्द्र भण्डारी,डाल्डादेवी भुजेल मार्गदर्शन सहकारीका अध्यक्ष बालकृष्ण त्रिपाठी सल्लाहकार राधाकृष्ण घिमिरे लगाएतले मन्तव्य राखेका थिए ।

साधारणसभामा सहकारीका उपाध्यक्ष गोर्कण त्रिपाठीले स्वागत मन्तव्य तथा सहकारीका सात सिद्वान्त वाचन गरेका थिए । सहकारीका अध्यक्ष श्याम प्रसाद तिमिल्सेनाले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन सचिव शैलेन्द्र रमण अधिकारीले प्रस्तुत गरेको सचिवको प्रतिवेदन र कोषाध्यक्ष प्रकाश खड्काले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन, लेखा संयोजक सुरेन्द्र मोहन अधिकारीले प्रस्तुत गरेको लेखाको प्रतिवेदन पारित गरिएको छ ।कार्यक्रम सहकारीका सचिव शैलेन्द्र रमण अधिकारीले सञ्चालन गरेका थिए ।

साधारणसभामा सहकारीका जेष्ठ सदस्यहरू,उत्कृष्ट कारोवार गर्ने सेयर सदस्यहरु, उत्कृष्ट कृषकहरुलाई सम्मान गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।