पोखरा १३ आर्वामा रहेको जेष्ठ नागरिक कल्याणकारी संस्थाले ९० वर्ष पुगेका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस सन्दर्भ पारेर आयोजित कार्यक्रममा आर्बाका ९३ वर्षीया देवकी बराल, ९३ वर्षीय भीमबहादुर बराल, ९२ वर्षीय पशुपति बराल तथा ९१ वर्षिया काशी गुरुङलाई दोसल्ला, सम्मानपत्र र फुलमाला सहित कार्यक्रममा प्रमुख अतिथि पोखरा १३ का वडा सदस्य एवं नगर सभा सदस्य सुचित तामाङ र संस्थाका अध्यक्ष बलराम सिग्देल सम्मान गरे। कर्यक्रममा बोल्दै वडा सदस्य तामाङले जेष्ठ नागरिक समाजका दर्पण भएको बताउँदै, उनीहरुको सम्मानले समाज असल बन्ने बताईन् ।
ज्येष्ठ नागरिक कल्याणकारी संस्था, पोखरा १३ आर्वाका अध्यक्ष बलराम सिग्देलको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा उपाध्यक्ष सरस्वती बरालले कार्यक्रम सञ्चालन तथा सदस्य बसन्त शर्मा अधिकारीले स्वागत गरेका थिए । संस्थाले हरेक वर्ष यस प्रकारका सम्मान कार्यक्रमहरु गर्दै आएको कोषाध्यक्ष रामकाजी बरालले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीका पुराना कम्युनिष्ट नेता मिनराज पौडेलको निधन भएको छ । पोखरा महानगरपालिका…







