विन्दुवासिनी संस्कृत क्याम्पसका आर्थिक शाखा प्रमुख पराजुलीमाथि लगाइएको आरोप अनेरास्ववियू क्रान्तिकारीद्वारा फिर्ता


     एभरेस्ट आवाज    
     असाेज २९ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, असोज २९

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू (क्रान्तिकारी)ले पोखराको विन्दुवासिनी संस्कृत विद्यापीठ क्याम्पसका आर्थिक शाखा प्रमुख दुर्गारमण पराजुली माथि लगाएको आरोप फिर्ता लिएको छ । अखिल क्रान्तिकारी विन्दुवासिनी क्याम्पस शाखाले बुधबार एक विज्ञप्ती जारी गर्दै क्याम्पसका आर्थिक शाखा प्रमुखले क्याम्पसको विद्यार्थी कल्याणकारी कोष र छात्रवृत्ति कोषको लाखौं रकम हिनामिना गरेको भनेर लगाएको आरोप फिर्ता लिएको हो । संगठनका क्याम्पस ईञ्चार्ज दामोदर सञ्जेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘केहि प्राध्यापकहरुको झूटा सूचनाका आधारमा आर्थिक शाखा प्रमुख दुर्गारमण पराजुली सरलाई लगाइएको आरोप खण्डन गरिएको छ । पराजुली सरलाई लगाइएको त्रुटीपुर्ण आरोपले व्यक्तिगत रुपमा उहाँलाई पर्न गएको सामाजिक, मानसिक तनावप्रति दुःख व्यक्त गर्दछौं ।’

संगठनले आगामी दिनमा यस्ता आरोपहरुमा धारणा बनाउँदा सचेत रहने पनि प्रतिबद्दता जनाएको छ ।

बुधबार क्याम्पसमा भएको छलफलमा आर्थिक शाखा प्रमुख पराजुलीले विगतमा पनि निस्पक्ष काम गर्दै आएको र आगामी दिनमा पनि निस्पक्ष भएर काम गर्ने प्रतिबद्दता जनाएको विज्ञप्तीमा उल्लेख छ ।

संगठनले पराजुलीको हकमा लगाइएको आरोपको खण्डन गरे पनि क्याम्पसमा केहि प्राध्यापकहरु क्याम्पस प्रशासनमा दैनिक हाजिरी नभई कहिलेकाहिंमात्र आउने गरेको तर आएको दिन नआएको दिनको पनि हाजिर गरेर टाप कस्ने गरेकोबारे भने विगतको आरोप यथावत रहेको जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।