नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढेर तोलाको दुई लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४८ हजार नौ सय रुपैयाँ रहेको थियो । आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ३५ रुपैयाँले बढेर तोलाको तीन हजार दुई सय ७५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार दुई सय ४० रुपैयाँ रहेको थियो ।
चाँदीको भाउ गत मंगलबार अहिलेसम्मकै उच्च तोलाको तीन हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समुदायको बिकास सहभागिता उदेश्य राखी स्थापना भएको सराङकाेट बहुउद्देश्यीय सहकारी संस्था को…







