पोखराको बुद्धचोकमा प्रधान कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले मालपोत कार्यालय कास्कीलाई फर्निचर सहितका सामाग्री हस्तान्तरण गरेको छ ।
गत भाद्र २३ र २४ गते जेनजी समूहको आन्दोलनका क्रममा पोखराका सयौं सरकारी कार्यालयहरु र त्यहाँ रहेका कार्यालय सामग्री जलेर नष्ट भएका थिए । त्यस क्रममा जलेर नष्ट भएको कास्की मालपोत कार्यालयलाई संस्थाले एक सेट टेवुल र दराज तथा एक सेट कम्प्यूटर र प्रिन्टर हस्तान्तरण गरेको हो।उक्त सामाग्री एक कार्यक्रमका बिच संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङले मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत शोभाखर पोख्रेललाई हस्तान्तरण गरिन्।संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रु १ लाख २ हजार ५ सय बराबरको सहयोग हस्तान्तरण गरिएको संस्थाका सूचना अधिकारी मीलन ढकालले जानकारी दिए ।अध्यक्ष गुरुङले नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने कार्यालयलाई छिटो सामान्य अवस्थामा सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्धेश्यले सहयोग गरिएको बताईन् ।
सो सहकारी संस्थाले पोखराका सरकारी कार्यालयहरुमा यस भन्दा अगाडि कोभिड महामारी र महाभुकम्पको समयमा समेत सामुदायिक हितका क्षेत्रमा सहयोग गर्दै आईरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्गले बताए।सुखी सदस्य र दिगो सहकारीको परिकल्पनाका साथ संस्थाले १० हजार बढी सदस्यलाई वित्तीय सेवा प्रदान गरिरहेको,पोखरा लगायत शुक्लागण्डकी ४ दुलेगौंडा तनहुँ, पोखरा २९ भण्डारढिक र पोखरा ३० मोहरिया सेवा केन्द्रबाट सेवा प्रदान गरिहेको संस्थाका सहकारीका प्रबन्धक उमनाथ आचार्यले जानकारी दिए।
कार्यक्रममा संस्थाका समिति, उपसमिति र उच्च व्यवस्थापन अधिकारीहरुको समेत सहभागीता रहेका थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लब अफ पोखरा चौतारीले गोरखाको पालुङटार नगरपालिका–७ स्थित मस्र्याङ्दी आधारभूत विद्यालयका…







