पोखरा बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाको आरोपमा ७ जना पक्राउ परेका छन् ।
सहकारीको झण्डैं ८९ करोड रुपैयाँ ठगी गरेको आरोपमा कास्की प्रहरीले अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित ७ जनालाई पक्राउ गरेको हो । प्रहरीले सहकारीका अध्यक्ष गोदारसहित सचिव दिल बहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, व्यवस्थापक भीष्मप्रसाद गुरुङ,सदस्य दोर्जे तामाङ, सुपरभाइज मार्केट प्रमुख, बेदीप्रसाद सुवेदीलाई पक्राउ गरेको छ । सो समुहले सहकारीको ८८ करोड ७० लाख ९८ हजार ९ सय ६२ रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरूलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरेर अनुसन्धान थालिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए । सहकारी रजिष्ट्ररको कार्यालय गण्डकी प्रदेशको कार्यालयले कार्तिक १८ गते कारवाहीको लागि पत्राचार गरेको थियो ।वित्तीय विश्लेषक निर्मल गौतमको समितिले गरेको अध्ययनका अनुसार सहकारीको झन्डै ८९ करोड हिनामिना भएको देखिएको छ ।
संस्थाका पदाधिकारी, व्यवस्थापक र कर्मचारी मिलेर सहकारीमा सङ्कलित रकम हिनामिना गरेका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






