पोखरा, कात्तिक २३
गण्डकी मझौला मिनि ट्रक सञ्चालक समितिको अध्यक्षमा मनोज रसाईली दोहोरिएका छन् । समितिको हालै सम्पन्न १२ औं साधारण सभा तथा पाँचौ अधिवेशनले रसाईलीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
यसअघि साधारण सभा तथा अधिवेशनको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष (प्रथम) पूण्यप्रसाद पौडेल (सरोज)ले उद्घाटन गरेका थिए । उनले राज्यले यातायात व्यवसायीमैत्री ऐन संसोधन गर्न आनाकानी गरिरहेकाले सबैले मिलेर दवाब दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा महासंघका अर्का बरिष्ठ उपाध्यक्ष (द्वितीय) तथा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साई, उपाध्यक्ष यादवलाल श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेल, ट्याक्सी वर्गिय संयोजक प्रकाशमणी तिवारी, एवन ग्रेटर यातायात प्रालिका अध्यक्ष अर्जुन पौडेललगायतले यातायात क्षेत्रका व्यवसायी र मजदुर मारमा पर्दा पनि राज्यले चासो नदिएको भन्दै दवाबका लागि महासंघलाई नेतृत्व लिन आग्रह गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपालमा आवाससम्बन्धी खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ हुने गरेको एक अन्तरराष्ट्रिय…







