महिलाहरु मात्र सेयर सदस्य रहेको पोखरा २९ को दीपशिखा महिला कृषि सहकारी संस्थाको १२ औं साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको ज्येष्ठ सदस्य रामकुमारी आचार्यबाट उद्घाटन गरिएको थियो । पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवम् वडा नं २९ का वडासदस्य निर्मला पौडेलले महिलाहरुलाई आय आर्जनमा जोड्नु पर्छ भन्ने मान्यताका साथ दीपशिखा पुस्तकालयको संयोजनमा स्थापना भएको सहकारीले छोटो समयमा चार सय ८० सेयर सदस्यहरु मार्फत दुई करोड ४ लाख ६९ हजार सेयर पुँजी बनाउन सफल भएकामा खुशी व्यक्त गर्दै सर्वसाधारणका माझ प्राप्त गरेको विश्वासलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिईन्।
कार्यक्रममा दीपशिखा पुस्तकालयका कोषाध्यक्ष तथा संस्थाका सल्लाहकार माधव भण्डारी,संस्थाका सल्लाहकार मेजर रामप्रसाद गुरुङ्ग, लेखनाथ उद्योग वाणिज्य संघका सहकारी समन्वय उपसमिति संयोजक कृष्णप्रसाद तिमिल्सेना, लेखनाथ उद्योग वाणिज्य संघकी उपमहासचिव गंगा मल्ल निवर्तमान अध्यक्ष गोमा कुमारी आचार्य लगायतले शुभकामना मन्तव्य दिएका थिए ।वक्ताहरुले आर्थिक अनुशासनको माध्यमबाट सहकारीले आम सेयर सदस्यको मन जित्ने गरी सुरक्षित ऋण प्रवाह गरी नियमित रुपमा बचत गर्ने बानीको विकास गराउनु पर्ने सुझाव राखेका थिए ।साधारण सभाका अवसरमा बाल वचत, असल कारोवारी,कृयाशील ज्येष्ठ सदस्य लगायतकालाई सम्मान समेत गरिएको थियो ।
संस्थाकी अध्यक्ष शिवकुमारी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कल्पना गुरुङ र स्वागत मन्तव्य व्यवस्थापक कृष्णकुमारी पोखरेलले राखेकी थिईन । कार्यक्रममा अध्यक्ष ,सचिव, कोषाध्यक्ष र लेखा समितिका प्रतिवेदनहरु पारित गरिएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






