ओम सहकारीको साधारण सभा सम्पन्न


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०८२ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं. २ मिरुवामा रहेको ओेम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाका अवसरमा सहकारीले जेष्ठ नागरिक लक्ष्मीदेवी पराजुली, दशजोड दुईमा उत्कृष्ट ग्रेड ल्याउने फिरोज पहारी, भुमिका अधिकारी र उत्कृष्ट कारोवारी होमलाल विकलाई प्रमुख अतिथि सहकारीका पुर्व अध्यक्ष विष्णुप्रसाद अधिकारी र अध्यक्ष रामविक्रम राणाले सम्मान गरे । सभाको उद्घाटन गर्दै सहकारीका पुर्व अध्यक्ष अधिकारीले पोखराको पुरानो सहकारीले आफ्नो गरिमालाई थप उचो बनाई सेवा बिस्तारमा लाग्नु पर्ने बताए । सभाले सचिव झलकनाथ आचार्य र कोषाध्यक्ष दीपक अधिकारीले पेश गरेका बार्षिक प्रतिवेदन पारित गरेको छ ।

सहकारीका अध्यक्ष राणाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत दयाराम सापकोटा र संचालन सचिव झलकनाथ आचार्यले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।