टाईटन घडी कम्पनीले खोल्यो पोखरामा एक्सक्लुसिभ स्टोर


     एभरेस्ट आवाज    
     मंसिर १ गते २०८२ मा प्रकाशित




पोखरा, मंसिर १

टाइटन घडी कम्पनीले पोखरामा एक्सक्लुसिभ स्टोर खोलेको छ । टाईटनले पोखराको चिप्लेढुङ्गास्थित ट्रेडमलमा शनिबारदेखि एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको हो । पोखरामा पहिलो पटक एक्सक्लुसिभ स्टोर खोलेको टाईटनको देशभरमा भने यो एघारौं स्टोर हो । स्टोरको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले रिबन काटेर उद्घाटन गरे ।

सोमबारदेखि सञ्चालनमा आएको यस स्टोरमा टाईटन घडी कम्पनीका एक हजार प्रकारका विभिन्न डिजाईनका घडीहरु रहेको कम्पनीका ईन्टरनेसनल अपरेसन्स विजनेस म्यानेजर वसन्त वासुदेवनले जानकारी दिए । उनका अनुसार स्टोरमा पुरुषहरुका लागि अल्ट्रा स्लिम एजदेखि महिलाहरुका लागि गहना घडीहरु, टाइटन स्टेलर आकाशीष् प्रेरित डिजाईनहरुसम्मका घडीहरु बिक्रीका लागि राखिएका छन् । स्टोरमा घडीसँगै परफ्यूम र सनग्लासहरुसमेत राखिएको उनले बताए ।

स्टोरमा ३ हजार ५ सयदेखि माथि ६० हजारसम्म पर्ने घडीहरु बिक्रीका लागि राखिएको उनले जानकारी दिए ।

स्टोर शुभारम्भको अवसरमा कम्पनीले मंसिर १० गतेसम्म खरिद गर्ने ग्राहकलाई घडीको मूल्यमा १० प्रतिशत छुट र एउटा २० एमएलको टाइटन स्किन परफ्यूम उपहार स्वरुप प्रदान गर्ने वासुदेवनले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।