पोखराको नदीपुरस्थित पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजनामा ‘पिसिएम जब फेष्ट–२०२५’सम्पन्न भएको छ ।
नेपाल युवा उद्यमी मञ्च, पोखरासंगको सहकार्यमा कलेज प्राङ्गणमा सम्पन्न फेष्टमा विविए, विसिएस आइटीतर्फ सातौं तथा आठौं सेमेष्टरमा अध्यायनरत तथा भर्खरै पास आउट समेत झण्डै २ सय विद्यार्थीहरुको सहभागिता रहेको थियो । फेष्टमा सुजल फुड्स, जोन्छे ट्रेडर्स, होटल सरोवर, मिन मार्ट,पोखरा इन्टरनेट, कर्माचार्य ग्रुप लगायत विभिन्न प्रतिष्ठित कम्पनीहरुको स्टलहरु रहेका थिए ।

कलेजका प्राचार्य लीना नेगी श्रेष्ठले विद्यार्थी र व्यवसायीक घरानाविच सम्बन्ध कायम गराउने सेतुको भुमिंका निर्वाह गर्दै कलेजले बिगतदेखिनै यो महोत्सव आयोजना गरेको बताईन् । ‘विद्यार्थीहरु आँफैलेले खोजे जस्तो रोजगारी प्राप्त गर्नेछन भने व्यवसायिहरुले पनि चाहे जस्तै दक्ष कर्मचारी प्राप्त गर्ने साझा थलो यो फेष्ट हो’–उनले भनिन । व्यवसायी घरानाका प्रतिनिधीसंग विद्यार्थीले सिधै साक्षात्कार गर्दा उनीहरुभित्रको आत्माबल पनि बढ्ने नेगीको भनाई छ ।
होटल सरोवरका प्रतिनिधी सायोरी थापाले अहिले होटलमा रोजगारीको अवसर रहेको हुँदा त्यसैका बारेमा जानकारी दिने र उत्कृष्ट कर्मचारीको छनौंट गर्ने उद्येश्यले पिसिएम जब फेष्टमा सहभागिता जनाएको बताईन् । त्यस्तै सुजल डेरीका प्रतिधिनी अमृत तिमिल्सीनाले कलेजले रोजगार खोज्ने र रोजगार दिनेलाई एकै ठाउँमा भेट गराएर सहयोगीको भुमिंका निर्वाह गरेको भन्दै धन्यावाद ज्ञापन गरे ।
कार्यक्रममा कलेजका विसिएस आइटी संयोजक ई।हरिप्रसाद बराल, विविए संयोजक हरि अधिकारी, सरोज कुँवर लगायतले समन्वय गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल भुतपुर्व खेलाडी मञ्चको रजत महोत्सवको समापन आगामी मंगलबार हुने भएको छ।…







