दीपकप्रसाद अचार्यको निर्देशनमा बनेको फिल्म ‘परान’ ले ‘जेरी अन टप’ को रेकर्ड तोडेको छ।
बरिष्ठ कलाकार नीर शाहको मुख्य अभिनय रहेको परानले अनमोल केसी अभिनीत जेरी अन टपलाई उछिन्दै यसवर्षको सर्वाधिक कमाइ गर्ने फिल्म बनेको हो।सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस रिपोर्ट अनुसार मंसीर ६ गते रातिसम्मको तथ्यांकका आधार ‘परान’ ले भने २३ दिनसम्म १४ करोड १६ लाख ५१ हजारको आकंडा पार गरेको छ भने ‘जेरी अन टप’ ले एक महिनाभर १२ करोड ९७ लाख ४८ हजारको व्यापार गरेको छ। ‘जेरी अन टप’ को ३ लाख ८९ हजार ७२२ टिकट बिक्री हुँदा ‘परान’ का ४ लाख ९९ हजार १६८ टिकट टिकट बिक्री भएको देखिन्छ।
‘जेरी अन टप’ गत असोज ३१ बाट रिलिज हुँदा ‘परान’ कात्तिक १४ गतेबाट हलमा प्रदर्शनरत छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, साउन २५ गण्डकी खेलकुद परिषद (गखेप)को पदक वितरणमा भएको अनियमितताको…






