पोखरा, पुस १४
पोखरा सडक महोत्सवमा आज स्थानिय व्याण्डहरुले प्रस्तुती दिदैछन् । पोखरा सडक महोत्सवको मुख्य आकर्षण सांगीतिक उत्सवमा आज ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि बिजेता तथा उपबिजेता व्याण्डहरुले आज लाईभ प्रस्तुती दिन लागेका हुन् । अपराह्नदेखि साँझसम्म सो व्याण्डहरुको प्रस्तुती रहने जनाइएको छ ।

आज दिउँसो भने अन्तरविद्यालय खुल्ला नृत्य प्रतियोगिता आयोजना हुँदैछ ।
कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भोलि पुस १५ गते तमु समुदायको ल्होसार विशेष कार्यक्रम हुनेछ । जहाँ तमु समुदायको भव्य उपस्थितिमा रोधीँलगायतका मनोरञ्जनात्मक कार्यक्रम दिनभरीजसो हुने कार्यक्रमको संयोजन गरिरहेको अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए ।
भोलि साँझ भने अहिलेका चर्चित तथा भाइरल गायकहरु स्वप्न सुमन र केहर लिम्वु (केहर एण्ड द लुङ्गा गुञ्जिेनछन् । लाईभ व्याण्ड प्रस्तुती हुने सो कार्यक्रममा स्वप्न सुमनले जे छौं तिमी, कसरी भनूँ तिमीलाई, बाचा भयो, म तिम्रोलगायतका चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । त्यस्तै, केहर एण्ड द लुङ्गाले पनि लाईभ व्याण्ड प्रस्तुतीमार्फत सररर, तिमीलाई सम्झेर, बैगुनी, तिमी बिनालगायतका गीतहरु गुञ्जाउने छन् । भोलि नै चक्र व्याण्ड पनि ब्लाष्ट हुनेछ ।
भोलि अपराह्न चर्चित गायीका प्रिती आले, देउराली व्याण्डका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालको प्रस्तुती रहनेछ ।
यस वर्षको न्यू ईयर ईभमा पुस १६ गते बेलुका भने नाईन्टिज व्याण्डहरु घन्किनेछन् । जहाँ एक्स नेपथ्यले तीन दशकपछि स्टेज प्रस्तुती पोखरामा दिनेछ । नेपथ्य स्थापित गर्ने त्यसबेलाका चर्चित गायकहरु रविन श्रेष्ठ र गौतम गुरुङले यस वर्ष न्यू ईयर ईभमा विशेष प्रस्तुती दिने अल टेक नेपालका सञ्चालक गुरुङले जानकारी दिए । मध्यरातसम्म चल्ने कार्यक्रममा एक्स नेपथ्यका रविन श्रेष्ठले छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँगनै भरी, नक्कली कान्छीलगायतका गीतहरु प्रस्तुत गर्दैछन् । त्यस्तै, गौतम गुरुङले जोमसोमै बजार, गण्डकीको तिरैमा, झरीले रुझेको आकास, यार्लिङ कहाँ खस्यो ?लगायतका चर्चित गीत प्रस्तुत गर्नेछन् ।
सो दिन न्यू ईयर ईभ विशेषमा उज्जन शाक्य, डिमर्चा, लेकाली, देउराली व्याण्डको पनि लाईभ प्रस्तुती रहने उनले बताए । उनका अनुसार न्यू ईयर ईभ स्पेसलका रुपमा यस वर्ष कार्टुन क्रुजकी भाइरल डान्सर आस्मा विश्वकर्मा र सरोज अधिकारीले छिकिरी, छिकिरीलगायतका गीतहरुमा प्रस्तुती दिनेछन् ।
दीवा कार्यक्रमतर्फ भने लोकदोहोरी गायकहरु पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुती रहने उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरामा विद्यार्थी गुणीय चक्रको १९ औँ राष्ट्रिय सम्मेलन सुरु भएको…






