निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको खर्च तोकियो, कास्कीका ३ क्षेत्रमा कति ?


     एभरेस्ट आवाज    
     पौष १४ गते २०८२ मा प्रकाशित




निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका प्रत्यक्षतर्फका उम्मेदवारले गर्न पाउने खर्चको सिमा तोकेको छ ।

आयोगको सोमबार बसेको बैठकले प्रत्यक्षतर्फको उम्मेदवारले गर्न पाउने खर्चको अधिकतम सिमा तोकेको हो। ७७ जिल्लाका १६५ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र अनुसार फरक फरक खर्चको सिमा निर्धारण गरिएको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार कम्तिमा २५ लाखदेखि बढीमा ३३ लाखसम्म खर्च गर्न पाउने सिमा तोकिएको हो ।

आयोगका अनुसार बढीमा २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने निर्वाचन क्षेत्रको संख्या ५ वटा रहेका छन् । जसमा काठमाडौं १, काठमाडौं ३, काठमाडौं ६, काठमाडौं ७ र काठमाडौं ८ रहेका छन् ।बढीमा २७ लाखसम्म खर्च गर्न पाउने निर्वाचन क्षेत्रको संख्याा १७ वटा छन् । जसमा कास्की क्षेत्र नं. २ परेको छ । २९ लाखसम्म खर्च गर्न पाउने निर्वाचन क्षेत्र कास्कीको १ नम्वर सहित ६५ वटा, ३१ लाखसम्म कास्कीको क्षेत्र नं. ३ सहित ५२ वटा निर्वाचन क्षेत्र रहेको आयोगले जनाएको छ । बढीमा ३३ लाखसम्म खर्च गर्न पाउने निर्वाचन क्षेत्रको संख्या भने २६ वटा छन् ।

यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले खर्च गर्न सक्ने सिमा पनि तोकिएको छ । जसमा सम्बन्धित राजनीतिक दलले पेश गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवारको संख्या अनुसार प्रति उम्मेदवार २ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।