एमाले कास्कीमा प्रत्यक्ष निर्वाचनतर्फ २९ जना आकांक्षी


     एभरेस्ट आवाज    
     पौष १९ गते २०८२ मा प्रकाशित




शिशिर उजाड
पोखरा

आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले आन्तरिक तयारी तिब्र बनाएको छ ।

देशका बिभिन्न जिल्ला र निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फका उम्मेदवार केन्द्रमा सिफारिस हुन थालेका छन् । एमाले कास्कीले पनि उम्मेदवारको सुची तयार गर्न क्षेत्रीय कमिटीलाई निर्देशन दिएको छ । कास्कीमा ३ निर्वाचन क्षेत्र छन् । एमाले कास्की स्रोतका अनुसार कास्की क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि प्रारम्भिक चरणमा दर्ता भएका नामहरुमा जिल्ला अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्री,दिलिप न्यौपाने , मन बहादुर गुरुङ ,पुष्पज्योति ढुंगाना ,टिकाराम पङ्गेनी,पदम प्रसाद पौडेल ,बाल सिंह काउछा मगर र नारायणी भट्टराई रक्षा छन् ।

क्षेत्र नं. २ बाट केन्द्रीय सदस्य कृण्ण बहादुर थापा ,प्रभा कोईराला,रश्मि आचार्य ,मीना गुरुङ ,सञ्जिव कोईराला , तेजनारायण अधिकारी , केशव आचार्य ,भेषराज बराल,बलराम आचार्य , झपट रानाभाट , राम प्रसाद सुवेदी रहेका छन् । त्यस्तै क्षेत्र नंं ३ मा धनबहादुर नेपाली, देवी प्रसाद सुवेदी,माधव बास्तोला, जगत विश्वकर्मा, दामोदर पौडेल वैरागी, सुर्य खड्का बिर्खर्ची, राजीव पहारी, डिलबहादुर नेपाली,ओमप्रसाद सुवेदी,नन्दलाल अधिकारी,लक्ष्मण बराल र कर्णबहादुर गुरुङले आकांक्षा देखाएको स्रोतले बताएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।