चर्को विवादका बीच नेपाली कांग्रेसमा विशेष महाधिवेशन आह्वान गरिएको छ ।
विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने निर्णय सार्वजनिक गरेको हो ।काठमाण्डौंमा हुने विशेष महाधिवेशनका लागि भृकुटीमण्डप ‘बुकिङ’ गरिसकेको जनाईएको छ । सचिवालयले विशेष महाधिवेशनका लागि विभिन्न १८ वटा उपसमिति गठन गरि संयोजकहरू पनि तोकिएको समितिले जानकारी गराएको छ । व्यवस्थापन, जनपरिचालन, मञ्च व्यवस्थापन लगायतका विभिन्न उपसमिति गठन गरिएको हो ।पूर्वजिल्ला सभापति, पूर्व के।स। समन्वय उपसमितिको संयोजक मधु आचार्यलाई तोकिँदा जनपरिचालन जुलुस व्यवस्थापनको जिम्मेवारी जगदीश नरसिंह केसीले पाएका छन् ।

त्यस्तै व्यवस्थापन समितिको संयोजक मनोजमणि आचार्य, प्रदेश सांसद समन्वयको श्रीराम लामिछाने, पूर्वसांसद समन्वय कुशुम थापामगर र मञ्च व्यवस्थापनको जिम्मेवारी गोविन्द पुडासैनीले पाएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरामा विद्यार्थी गुणीय चक्रको १९ औँ राष्ट्रिय सम्मेलन सुरु भएको…






