नेपाली कांग्रेसका नेता कृष्ण केसीले पार्टी विभाजित नभएको स्पष्ट पारेका छन् ।
विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन भएपछि संचारकर्मिसँग कुराकानी गर्दै उनले पार्टीको बैधानिक विधीमा टेकेर महाधिवेशनले नयाँ कार्य समिति चयन गरेको प्रष्ट पार्दै, पार्टी फुटेको नभई विधिविधान र परिवर्तनको आवाजलाई संस्थागत गरेको बताए । उनले कांग्रेस एउटै र सिंगै रहेको दावी गरे ।कास्कीका पुर्व सभापति समेत रहेका केसीले नयाँ नेतृत्व चयनले नेपालको राजनीतिक परिवर्तन र समयको मागलाई सम्बोधन मात्रै गरेको नभई भविष्य र आशाको दियो संचार गरेको पनि बताए ।
विशेष महाधिवेशनले कांग्रेसीलाई मात्रै होइन, सिंगो देशलाई नै तरंगित बनाएको उनको भनाई छ । जनताको विश्वासलाई सम्वोधन गर्दै देशैभरि संगठनलाई परिचालन गरेर निर्वाचनमा होमिने उनले बताए ।उनले देशले सभापति गगन थापाको नेतृत्व खोजिरहेको दावी गरे ।
नेता केसीले निकट चुनावमा आफ्नो उम्मेद्वारी महत्वपुर्ण नभएको बताउँदै,अहिले पार्टी संगठन र रुपान्तरणमै केन्द्रित रहने प्रष्ट्याए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीका पुराना कम्युनिष्ट नेता मिनराज पौडेलको निधन भएको छ । पोखरा महानगरपालिका…







