तत्कालिन नेकपा एस कास्कीका उपाध्यक्ष रेग्मी सहितका नेता एमालेमै फर्किए


     एभरेस्ट आवाज    
     माघ १९ गते २०८२ मा प्रकाशित




तत्कालीन नेकपा एस कास्कीका उपाध्यक्ष झविन्द्रराज रेग्मीसहितको टोली एमालेमा फर्किएको छ ।

एमाले जिल्ला कमिटी कास्कीले सोमबार आयोजना गरेको घर फर्क कार्यक्रममार्फत रेग्मीसहित प्राध्यापक डा। टंकराज अधिकारी, शिवराज आचार्य, रवीन्द्रराज पौडेल, नवराज भण्डारी, पवित्रा न्यौपाने, नेकपा एकीकृत समाजवादी निकट इन्जिनियरहरूको संगठनका गण्डकी प्रदेश अध्यक्ष इन्जिनियर दीपक सुवेदी,मजदुर नेता दिपक भुजेल, वडा कमिटी पोखरा १९ का अध्यक्ष प्रदीपराज पौडेल लगायतका एमालेमा फर्किएका हुन् ।

युवा संघ नेपालका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज विकास भट्टराईको नेतृत्वमा युवाहरूको समूह एमालेमै फर्किएको छ । नगर कमिटीका पूर्व उपाध्यक्ष सुरज अधिकारी र नगर कमिटी सदस्य दिनेश बराल सहित ३ सय बढी कार्यकर्ता पार्टीमा फर्किएको एमाले कास्कीले जनाएको छ ।

उनीहरुलाई एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज खगराज अधिकारीले ‘आफ्नै घरमा फर्किएको’ भन्दै खादा र अबिर लगाएर स्वागत गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।