नेपाली कांग्रसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पाटीृले लज्जास्पद पराजय व्यहोरेपछि सभापति थापाले हारको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्। सभापति थापाले राजीनामा पत्र उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार नै बुझाएका थिए । तर, थापाले दिएको राजीनामा पत्र भने सार्वजनिक गरिएको छैन।
गएको पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट थापा पार्टी सभापति बनेका थिए। सभापति थापाले आफूले दिएको राजीनामाको निर्णय पराजित मानसिकताबाट नआएको उल्लेख गरेका छन् । राजीनामा पत्रमा उनले आफूले राजीनामा दिनुको कारण पनि उल्लेख गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी स्पोर्टस क्लबको अध्यक्षमा दीपकराज मुल्मी चयन भएका छन्।क्लबको शनिबार पोखरामा सम्पन्न…






