होटल संघ पोखरा नेपालको आयोजनामा २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २९ चैतदेखि बैशाख १ गतेसम्म संचालन हुने भएको छ ।
पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिंदै हरेक बर्ष झैं यो पटक पनि लेकसाईडको सडकमा महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सवको तयारीका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको संयोजक सुवेदीले बताए । संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ र द्वितीय उपाध्यक्ष गणेशराज पहारीलाई महोत्सवको सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
जेन–जी आन्दोलन र त्यसपछि सम्पन्न आम चुनावसँगै अबका दिनमा आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न महोत्सवले सघाउने विश्वास संघले लिएको छ । अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि भव्यताका साथ मनाउँदै फेवा तालको संरक्षणमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने उद्धेश्य महोत्सवले बोकेको अध्यक्ष सुवेदीले बताए । महोत्सवका अवसरमा दोहोरी तथा गीत संंगीतका कार्यक्रम, पप कन्सर्ट, नाचगान र अन्य मनोरञ्जनात्मक प्रस्तुतीहरु समेटिने छन् । महोत्सवको उद्घाटन अघि झाँकीहरुको र्याली निकालिने छ ।
महोत्सवको प्रचारका लागि यही चैत ९ गतेदेखि १३ गतेसम्म संघले पूर्वी नेपालका विभिन्न शहरमा जाउँ है पोखरा कार्यक्रम आयोजना गरी महोत्सवमा सहभागिताका लागि निमन्त्रणा प्रदान गर्ने छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, बैशाख १७ पोखरा न्यूरोडमा सञ्चालित सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की गण्डकी…






