लम्जुङ्ग पोखरा सम्पर्क समितिको रक्तदानमा ३५ युनिट संकलन


     एभरेस्ट आवाज    
     चैत्र ८ गते २०८२ मा प्रकाशित




पोखराको पृथ्वीचोकमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ ।

लम्जुङ्ग पोखरा सम्पर्क समिति, लम्जुङ पोखरा वचत तथा ऋण सहकारी संस्था लिमिटेड र महिला उप समितिद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रमको प्रमुख अतिथी महिला उपसमितिका संयोजक एवं सल्लाहकार चन्द्र कुमारी गुरुङ्गले पहिलो रक्तदाता सुजन गिरीलाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरिन् । कार्यक्रममा बोल्दै उनले मानव जातिको सबैभन्दा ठुलो धर्म भनेकै अर्काको जीवन बचाउनु रहेको बताईन् ।

सम्पर्क समितिका अध्यक्ष इश्वर चिलुवालको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी विजुली बहादुर गुरुङ्ग, गजेन्द्र मान श्रेष्ठ,दिपक राज घिमिरे, चम्पा रानाभाट, विपिन अधिकारी, महिला उप समितीका पूर्व संयोजक सावित्री घिमिरेलगायतले रक्तदान गर्दा परोपकार मात्र नभई शरिर स्वस्थ हुने बताउँदै, नियमित रक्तदान गर्न सुझाव दिए । कार्यक्रम संयोजक सस्थाका प्रथम उपाध्यक्ष लिला बहादुर गुरुङले पोखरामा देखिएको रगतको अभावलाई न्युनिकरण गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

सचिव शशि श्रेष्ठले संचालन गरेको कार्यक्रममा सम्पर्क समिति र सहकारीका सदस्यको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा प्रादेशिक रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।