निर्वाचन मार्फत विन्ध्यवासिनीका विद्यार्थीले छाने क्याप्टेन र उप क्याप्टेन


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०८३ मा प्रकाशित




पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रियामार्फत विद्यार्थी क्याप्टेन र उप क्याप्टेन छानिएका छन् ।

संघीय निर्वाचनको नै झल्को दिने गरी भएको निर्वाचनवाट विद्यालय क्याप्टेनमा फुटवल चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका विद्यार्थी अग्रिम अधिकारी निर्वाचित भएका छन् । उनले ३ सय ३४ मत प्राप्त गरे । उनका निकट्तम प्रतिद्वन्दी जियाना विकले २ सय ६५ मत प्राप्त गरिन् । त्यस्तै उप क्याप्टेनमा घडी चुनाव चिन्हका लियाना छन्त्यालले रिमा परियारलाई पराजित गरिन् । छन्त्यालले ३ सय ५९ मत प्राप्त गरिन् भने कम्प्युटर चुनाव चिन्ह लिएर चुनावमा होमिएकी परियारले २ सय १६ मत मात्रै ल्याईन् ।कक्षा ५ देखि १० सम्मका कुल ७ सय २१ मतदाता रहेकोमा ६ सय ७५ मत खसेको मुख्य निर्वाचन आयुक्तको जिम्वेवारी सम्हालेका सामाजिक विषयका शिक्षक कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।खसेको मध्ये क्याप्टेनमा ७६ र उपक्याप्टेनमा १ सय मत बदर भएको थियो ।

विहान ११ वजेवाट शुरु भएको मतदान दिउँसो २ वजेसम्म चलेको थियो । मतदान लगत्तै खट्टिएका विद्यार्थी पर्यवेक्षक, सुरक्षाकर्मि र प्रत्यासीका प्रतिनिधीको रोहवरमा मुचुल्का गरी सुरक्षा घेराका विच मतगणना गरिएको थियो । २ वटा मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतका रुपमा विद्यार्थी नै खट्टिएका थिए ।मतदान अधिकृतको भुमिका कक्षा १० का विद्यार्थी करुणा आचार्य र सुस्मिता आचार्यले निभाएका थिए । निर्वाचनको सम्पुर्ण काम नसकिदासम्म सुरक्षाकर्मि, पत्रकार, पर्यवेक्षक, एजेन्ट, स्वयंसेवक र निर्वाचन कर्मचारीको रुपमा विद्यार्थी नै खट्टिएका विद्यालयका सुचना अधिकारी नविन अधिकारीले जानकारी दिए ।मतदानको माहोल चलिरहँदा बाहिर उमेद्वारले आफ्नो पक्षमा मत मागेका थिए । निर्वाचित क्याप्टेनको औपचारिक घोषणा र सपथ ग्रहण बिहीबार गराईने निर्वाचन समितिले जनाएको छ । विद्यालयको पाठ्यक्रममा नै निर्वाचन र मतदानका विषय समावेश भएकाले पनि प्रयोगात्मक अभ्यासको रुपमा निर्वाचन प्रणाली मार्फत नै पदाधिकारी चयन गरिएको प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले वताए ।

यसअघि मंगलबार मनोनयन दर्ता गरी उम्मेदवारी दिएका प्रत्यासीले विद्यार्थी मतदाताका विच आफना प्रतिबद्धता सार्वजनिक गरेका थिए । मतपत्र वाहेक निर्वाचनका आवस्यक सामाग्री भने प्रदेश निर्वाचन कार्यालय पोखराले सहयोग गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।