कास्की मोर्डनाइज्ड एकेडेमीमा नव आगन्तुकलाई स्वागत


     एभरेस्ट आवाज    
     जेठ ७ गते २०८३ मा प्रकाशित




पोखराको चाउथेमा रहेको कास्की मोडेनाइज्ड एकेडेमीले नव आगन्तुक विद्यार्थी तथा नव नियुक्त शिक्षकहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

दुइ दिनसम्म संचालन भएको कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य राम बहादुर मोचीले विद्यालयलाई शैक्षिक ल्याबको रुपमा परिभाषित गर्दै, यहाँबाट धेरै क्षेत्रका धेरै कुरा सिक्न र शिक्षकले सिकाएर नतिजा निकाल्न सक्ने बताए । उनले आफ्नो शैक्षिक योजना ठुलो भएकोले त्यसलाई सम्पन्न गर्न सबै पक्षको भुमिका महत्वपुर्ण हुने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधा नेपालीले विद्यार्थीलाई आवश्यक हरेक कुराको व्यवस्थापन गरिएको र यदी थप आवश्यक परेमा विद्यालयले त्यसलाई पूरा गर्ने बताउदै पढ्ने र पढाउने कुरामा सकेसम्म युगको माग अनुसार अगाडि बढ्नु पर्नेमा जोड दिईन् । विद्यालयका सह–प्राचार्य शिवलाल उपाध्यायले नव प्रवेशी शिक्षक तथा विद्यार्थीले नयाँ महसुुुस नगरी आफ्नो कार्य क्षेत्रमा लाग्न आग्रह गर्दै हरेक कुरामा विद्यालयको साथ र सहयोग रहने बताए ।

उक्त कार्यक्रममा नव आगन्तुक विद्यार्थी र शिक्षकहरुलाई खादा तथा मायाको चिनो प्रदान गरिएको थियो । विभिन्न तह र चरणमा सञ्चालित उक्त कार्यक्रममा शैक्षिक प्रमुख शिवु ढकाल, मिलन तिमिल्सिना, गङ्गा आले, कल्पना गुर्माछन, निर्मला पहारी, लगायतले मन्तव्य राखेका थिए । विभिन्न नृत्य तथा गायन प्रस्तुति गरिएको कार्यक्रमको संचालन शिक्षक अनुराग अधिकारीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।