सगरमाथाको शिखरमा पोखराका परियार, विन्ध्येश्वरी क्लवको लोगो


     एभरेस्ट आवाज    
     जेठ ८ गते २०८३ मा प्रकाशित




शिशिर उजाड
पोखरा

पोखराका अमृत परियारले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

पोखरा १९ पुरञ्चौर घर भई हाल अमेरिकाको टेक्सासमा बस्दै आएका परियारले बुधबार बिहान १२ बजेर १६ मिनेटमा पहिलो पटक सगरमाथाको चुचुरोमा पाईला टेक्न सफल भएका हुन् । परियारले सर्वोच्च शिखरमा पुरञ्चौर क्षेत्रको अग्रणी सामाजिक संस्था विन्ध्येश्वरी युवा क्लवको झण्डा र लोगो पनि पुर्याएका छन् । लोगो लिएर शिखरमा पुगेको तस्विर उनले सामाजिक संजालमा सार्वजनिक गरेका छन् ।क्लवले आफ्नो संस्थाको लोगो विश्वको सर्वोच्च शिखरमा पुर्याएकोमा परियारप्रति आभार व्यक्त गरेको छ । सो दिनलाई क्लवले गौरवपुर्ण क्षणको रुपमा लिर्दै पोखरा र यस क्षेत्रका लागि ऐतिहासिक बनेको जनाएको छ ।उनले महिलामाथि हुने जघन्य अपराध र बलात्कारका विरुद्ध पनि आवाज उठाएका छन् ।बलात्कार पछि हत्या गरिएका निर्मला पन्त, ईनिशा विक,रश्मिता परियार लगायतकाको न्यायको माग गर्दै तस्विर अंकित फ्लेक्स सगरमाथाको चुचुरोमा पुर्याएका हुन् ।

विगत आठ बर्षदेखि अमेरिका बस्दै आएका परियारले सानै उमेरदेखि सगरमाथा चढ्ने ईच्छा राख्ने गरेको क्लवका अध्यक्ष कुमार केसीले बताए । परियारले विपन्न वर्ग र दलित समुदायका मुद्धालाई आरोहणका क्रममा उठाएको केसीले जानकारी दिए ।सफलताको शिखर चुमेपछि सामाजिक सञ्जालमा उनलाई बधाई दिँदै गौरव र खुसीका शब्दहरू व्यक्त भएका छन्। ट्याग नेपाल एक्सपिडिसन प्रालिको टोलीमा परियार संलग्न थिए ।

बुधबार मात्रै नेपालतर्फको मार्ग हुँदै २ सय ७४ जना आरोही सगरमाथाको शिखरमा पुगेका थिए। सगरमाथा आरोहणको ईतिहासमा यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।