ब्रह्माकुमारीज पोखराको दुई दिने युवा सशक्तिकरण कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     असार ३ गते २०८३ मा प्रकाशित




ब्रह्माकुमारीज क्षेत्रीय कार्यालय, पोखराको आयोजनामा युवा सशक्तिकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

युवाहरूमा नैतिक मूल्य, सेवाभाव, सामाजिक उत्तरदायित्व तथा आध्यात्मिक चेतनाको विकास गराउने उद्धेश्यका साथ दुई दिनसम्म संचालन भएको प्रशिक्षणमा सहभागिलाई अन्तर्राष्ट्रीय मुख्यालयका युवा प्रभाग राष्ट्रीय समन्वयक ब्रह्मकुमार जीतु भाईजी, भारतका रेडियोलोजिष्ट राजेश भाईजीले युवाहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि, आत्मविश्वास वृद्धि, सकारात्मक जीवनशैली, तनाव व्यवस्थापन तथा राजयोग ध्यानका विषयमा प्रशिक्षण दिएका थिए ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले यस्ता किसिमका प्रशिक्षणले युवा समुदायलाई सकारात्मक सोच र नेतृत्व विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताए । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालका अध्यक्ष राजयोगिनी ब्रह्माकुमारी परिनीता दिदीजीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका नवनिर्वाचित सभापति नवीन त्रिपाठी,ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालका वरिष्ठ उपाध्यक्ष राजयोगिनी ब्रह्माकुमारी कमला दिदीजी,महासचिव राजयोगी ब्रह्माकुमार शैलेषराज बराललगायतले युवाहरूलाई आध्यात्मिक मूल्य, सकारात्मक सोच र आत्मा परिवर्तन मार्फत समाज तथा राष्ट्र निर्माणमा अग्रसर हुन आग्रह गरे ।

पश्चिम नेपालका विभिन्न जिल्लाहरुबाट १ सय ५० भन्दा बढी ब्रह्माकुमार ब्रह्माकुमारीहरुको सहभागिता रहेको कार्यक्रममा सहभागी युवाहरूले प्रशिक्षणबाट जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा प्राप्त भएको अनुभव सुनाएका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।