फिफा विश्वकपमा आइतबार बिहान दुई खेल, घनिष्ठ मित्रता गाँसेका बेलिङहम र हालान्ड भिड्ने


     एभरेस्ट आवाज    
     असार २७ गते २०८३ मा प्रकाशित




फिफा विश्वकप फुटबल अन्र्तगत आइतबार बिहान क्वार्टरफाइनलका दुई खेल हुने भएका छन् ।

तेस्रो क्वार्टरफाइनलमा बिहान पौने ३ बजे नर्वे र इङ्ग्ल्यान्ड प्रतिस्पर्धा गर्ने छन् भने अन्तिम क्वार्टरफाइनलमा पौने ७ बजे साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डले खेल्नेछन् ।घनिष्ठ मित्रता गाँसेका इंग्ल्यान्डका जुड बेलिङहम र नर्वेका एर्लिङ हालान्ड आमनेसामने हुँदा समर्थकहरू केवल गोलको प्रतीक्षामा मात्र छैनन्, उनीहरू मैदानभित्र यी दुईबीचको आत्मीय सम्बन्ध पनि हेर्न उत्साहित छन्।बेलिङहम र हालान्डको मित्रता जर्मन क्लब बोरुसिया डर्टमन्डमा सँगै खेलेको समयदेखि सुरु भएको हो।

यसअघि आज बिहान भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा पुगेको छ । खेलमा बेल्जियम २–१ गोलले पराजित भयो । स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एकरएक गोल गरे । स्पेन १६ वर्षपछि सेमिफाइनलमा पुगेको छ । उसले यसअघि सन् २०१० मा उपाधि जितेको थियो । स्पेनले अब सेमिफाइनलमा फ्रान्ससँग खेल्नेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।