पूर्वमन्त्री, नागरिक अगुवा एवं लेखक डा. देवेन्द्रराज पाण्डेको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
शुक्रबार साँझ काठमाडौंको विशालनगरस्थित निवासमा ८७ वर्षको उमेरमा निधन भएको हो । उनी क्यान्सर रोगका बिरामी थिए। अन्त्येष्टि अघि उनको अन्तिम बिदाइअघि विभिन्न राजनीतिक दलका नेता, आफन्त तथा शुभचिन्तकहरू आर्यघाट पुगेका थिए । नेपाली कांग्रेसका सभापति गगन थापा, नेता अर्जुननरर्सिह केसी, नेकपा नेता बर्षमान पुन, मातृका यादव, लेखक खगेन्द्र संग्रौलालगायतकाले उनको पार्थिव शरीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।नेपालको लोकतान्त्रिक आन्दोलन र नागरिक समाजलाई दिशाबोध गर्न डा। पाण्डेले निर्वाह गरेको भूमिकालाई समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूले स्मरण गरिरहेका छन् ।
नेपाली कांग्रेसले नागरिक अगुवा तथा पूर्वअर्थमन्त्री पाण्डेको निधनप्रति दुःख व्यक्त गरेको छ ।कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले शनिबार शोक वक्तव्य जारी गरेर नागरिक अगुवा पाण्डेको निधनप्रति दुःख व्यक्त गरेका हुन् । पाण्डेको निधनसँगै मुलुकले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतान्त्रिक मूल्यका दृढ पक्षधर गुमाएको कांग्रेसको भनाइ छ । २०६२÷०६३ को जनआन्दोलनका क्रममा नागरिक समाजका तर्फबाट पाण्डेले खेलेको नेतृत्वदायी भूमिका तथा निरंकुशताविरुद्ध निरन्तर उठाएको निर्भीक आवाज लोकतान्त्रिक आन्दोलनका अमूल्य सम्पत्ति रहेका कांग्रेसको ठहर छ ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। शनिबार बिहान सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रचण्डले पाण्डेको निधनले अत्यन्त मर्माहत बनाएको उल्लेख गरेका हुन्। यस्तै नेपाली कांग्रेसका सभापति गगन थापाले पनि नागरिक अगुवा पाण्डेको निधनप्रति दुस्ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।फेसबुक पोस्टमार्फत थापाले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै पाण्डेले नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतन्त्रका लागि गरेको योगदानको स्मरण गरेका छन्। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको लोकतान्त्रिक आन्दोलनका प्रखर संवाहक, पाण्डेको निधनप्रति दुःख व्यक्त गरे । सामाजिक सञ्जालमार्फत सचिवालयले शोक वक्तव्य जारी गर्दै डा भट्टराईले २०६२।०६३ को ऐतिहासिक जनआन्दोलनमा नागरिक समाजको नेतृत्व गर्दै डा पाण्डेले देशको राजनीतिक तथा सामाजिक रूपान्तरणमा पु¥याएको योगदान सधैं स्मरणीय रहने बताए।
उनले डा पाण्डेको निधनसँगै देशले एक निष्ठावान् बौद्धिक व्यक्तित्व, लोकतान्त्रिक मूल्य–मान्यताका दृढ पक्षधर तथा निष्कलङ्क नागरिक पहरेदार गुमाएको बताएका छन्।डा। पाण्डे २०६२,०६३ को ऐतिहासिक जनआन्दोलनका मुख्य अगुवा, प्रखर अर्थराजनीतिक चिन्तक र लोकतान्त्रिक आन्दोलनका अथक योद्धा थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिकाले नयाँ प्रमुख प्रशासकिय अधिकृत पाउने भएको छ । यसअघिका प्रमुख…





