मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक


     एभरेस्ट आवाज    
     श्रावण ४ गते २०८३ मा प्रकाशित




मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृतिको सूची सार्वजनिक गरेको छ ।

पुरस्कार मूल्याङ्कनका लागि विभिन्न विधाका २९८ पुस्तक आवेदनमा परेकामा गुठीले १० कृतिको मनोनयन सार्वजनिक गरेको हो । मनोनयन परेकामा केशवराज ज्ञवालीको अज्ञान, केशव दाहाल इथा, ललित विष्टको उत्कर्ष , रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिमौनगढको सिमानाको इतिहास छन् ।

त्यस्तै वीणा जोशी राजभण्डारीको नेपाल समुदायका परम्परागत मृत्युगीत , उमा सुवेदीको परिधि , सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह ,डा नवराज केसीको स्वप्नस्पर्श , नदीशाको हिउँद उत्कृष्ट १० मा परेको गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।