हाम्रो सामुदायिक बचत तथा ऋण सहकारीको लगानी साढे २२ करोड


     एभरेस्ट आवाज    
     मंसिर १२ गते २०८३ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं. ६ मा रहेको हाम्रो सामुदायिक बचत तथा ऋण सहकारीको संस्थाले २२ करोड ४४ लाख ३१ हजार ७ सय रुपैया लगानी गरेको छ । यो लगानी गत असार महिनामा कायम भएको हो ।

सहकारीले गत आवको भन्दा ६ करोड ९३ लाख ५४ हजार ९ सय २७ रुपैया कम लगानी गरेको हो । सहकारीको शनिबार भएको १६ औं साधारण सभामा संस्थाका अध्यक्ष लक्ष्मी नारायण श्रेष्ठले सहकारीको आर्थिक बर्ष २०८२÷०८३को बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सो अवधिमा ७ करोड ५५ लाख ५५ हजार ९ सय सेयर पुँजी रहेको सहकारीले २१ करोड ९ लाख ३० हजार ७ सय ८० रुपैया निक्षेप संकलन गर्ने सफल भएको छ । ४ करोड ७२ लाख ३८ हजार २ सय ३७ रुपैया सहकारीको जगेडा कोषमा रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । सहकारीले आर्थिक वर्ष २०८२÷०८३मा ३ करोड ४३ लाख ८१ हजार ४ सय १४ रुपैया आम्दानी गरी २ करोड ७६ लाख २१ हजार ४ सय १४ रुपैया खर्च भइ ६७ लाख ६० हजार रुपैया खुद नाफा कमाउन सफल भएको बताए ।

प्रमुख अतिथि गण्डकी प्रदेश सभासद देवका पहारीले सभाको उद्घाटन गर्दै सहकारीले वित्तिय अनुशासनमा रहेर काम गर्दै आएकाले कुनै शंका नगरी आर्थिक कारोबार गर्न शेयर सदस्यहरुलाई आग्रह गरिन । सहकारी संस्थापक सचिब एकराज न्यौपानेले उत्पादनशिल क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल दिन सक्ने बताउदै, सहकारीले ऐन÷कानुनको पालना गरी अगाडी बढनु पर्ने बताए । पूर्व वडा अध्यक्ष गोविन्द कुमार श्रेष्ठले संस्थाका गतिविधिमा शेयर सदस्यहरुले चनाखो भई आर्थिक पारदर्शितामा ध्यान दिनुपर्ने कुरामा जोड दिए ।शेयर सदस्य जगनाथ पौडेलले संस्थाका गतिविधिमा शेयर सदस्यहरुले चनाखो भई आर्थिक पारदर्शितामा ध्यान दिनुपर्ने कुरामा जोड दिए ।

सभाले अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन, सचिव चिरञ्जिवि पोखरेलले पेश गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामप्रसाद ढकालले पेश गरेको आर्थिक प्रतिवेदन र ऋण लगानी तथा असुली उपसमितिका संयोजक भरत बहादुर पौडेल प्रस्तुत गरेको प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक बिष्णु प्रसाद बरालले प्रस्तुत गरेको प्रतिवेदन सुझावसहित पारित गरेको छ । कार्यक्रममा उत्कृष्ट कारोबार दाता गोविन्द कुमार श्रेष्ठ र हिरु पुन तथा माध्यमिक तथा उच्च माध्यमिक तहतर्फ उत्कृष्ट अकं ल्याउने शेयर सदस्यका छोरा छोरुहरुलाई सम्मान गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।