पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको ‘बेष्ट स्टाफ अफ दी ईयर’ प्राविधिक दीलिप भण्डारी भएका छन् । एफएमले वर्षभरी काम गरेको आधारमा प्राविधिक भण्डारीलाई स्टाफ अफ दी ईयर घोषणा गर्दै सम्मान गरेको हो ।
एफएमको छैटौं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित वार्षिकोत्सव विशेष कार्यक्रममा एभरेस्ट मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङ, निर्देशक धना रायमाझी, सम्पादक दीपेन्द्र श्रेष्ठ, वित्त निर्देशक भोला श्रेष्ठ, कार्यकारी सम्पादक सन्देश श्रेष्ठ र प्राविधिक निर्देशक रविभुषण पराजुलीले भण्डारीलाई सम्मान गरे । उनलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित दोषल्ला र सम्मान पत्र प्रदान गरिएको हो ।
भण्डारी एफएमका प्राविधिक तथा कनिष्ठ समाचार वाचक हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, मंसिर १२ पर्यटनको राजधानी पोखरामा आयोजित दाईं महोत्सवमा पर्यटकहरु रमाएका…







