filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; sv:16.0.9.12.W20; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 29;
पोखरा, मंसिर १२
एभरेस्ट मिडिया हाउसले आयोजना गरेको रक्तदान कार्यक्रममा १३५ युनिट रगत संकलन भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर लायन्स क्लव अफ पोखरा पिसटाउन सँगको सहकार्यमा शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १०७ जना पुरुष र २८ जना महिलाले रक्तदान गरेका हुन् ।
‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ आयोजित एफएमको रक्तदान कार्यक्रममा १५ जनाले पहिलो पटक रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीको कालिका गण, सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामपाटन पोखरा, नागरिक समाज पोखरा, महानगर प्रहरी बल, जय देउराली कृषि फार्म, संयुक्त मार्ग टोल विकास संस्था, पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता महादेव गुरुङ र उनको महादेव टिम लगायतको संस्थागत सहभागिता रहेको कार्यक्रम संयोजक तथा एफएमका बरिष्ठ समाचार वाचक शिशिर पौडेलले जानकारी दिए ।
यसअघि रत्तदान कार्यक्रमको रक्तसञ्चार केन्द्र पोखराका प्रमुख महेन्द्रकुमार केसी र आकस्मिक रक्तसञ्चार युनिट पोखराका प्रमुख हरिश्चन्द्र शर्माले पहिलो रक्तदाता द्वय पत्रकार विनोद लामिछाने र समाजसेवी टेकनाथ आचार्यलाई ब्लड ब्याग हस्तान्तरण गरेर शुभारम्भ गरेका थिए । रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रम विहान ७ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म भएको थियो ।
रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष कर्मकुमारी गुरुङले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिडिया हाउसले रक्तदान कार्यक्रम गरेको बताईन् । उनले रेडियोको जीवन बचाउने अभियानमा सहभागि हुने सम्पूर्णलाई धन्यवाद व्यक्त गरिन् ।

एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले रगतको अभावमा कसैको पनि ज्यान नजाओस् भन्ने उद्धेश्य राखेर एफएमले रक्तदान कार्यक्रम गर्दै आएको बताए । ‘पोखरामा रगतको अभाव भएको अवस्थामा गरिएको रक्तदान कार्यक्रमले रगतको अभाव कम मद्धत पुग्ने विस्वास छ’–उनले भने । वार्षिक क्यालेन्डर नै बनाएर मिडिया हाउसले रक्तदान कार्यक्रम गर्दै आएको उनले बताए ।
रक्त सञ्चार केन्द्र पोखराका प्रमुख महेन्द्र केसीले हरेक स्वस्थ व्यक्तिले तीन÷तीन महिनामा रक्तदान गर्न सक्ने बताए । रगतको विकल्प अहिलेसम्म बनेको छैन,उनले भने,‘रगतको विकल्प भनेको रगत नै हो,त्यसैले रक्तदान गरेर आफू पनि स्वस्थ भई अरुलाई पनि बचाउन सकिन्छ ।’
कार्यक्रमलाई तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्मकुमारी गुरुङ, फिस्टेल नर्सिङ कलेज, सुनचाँदी व्यवसायी संघ, कास्की, बिग डिजिटल पोखरा, सिटिजन फर्निचर न्युरोड, हिमालयन एभरेष्ट इन्स्योरेज्स लिमिटेड न्युरोड, डिजिटल साउण्ड एण्ड भिजन न्युरोड, युनाईटेड रेफरेन्स ल्याब्रोटरी पोखरा, आस्था किड्नी एण्ड स्पेशलाईज्ड हस्पिटल प्रा.लि रानीपौवाले सहयोग गरेको थियो । त्यस्तै कार्यक्रमलाई स्टेशन दी फूड क्लब चिप्लेढुङ्गा, कञ्चन ज्वेलर्स प्रा.लि तेर्सापट्टी, आर.डि.एस. क्याटरिङ सर्भिस तेर्सापट्टी, पोखरा भिलेज एण्ड स्पा लेकसाइड, पुन ग्रुप अफ पोल्ट्री इण्डष्ट्रिज प्रा.लि पस्र्याङ, ईम्पावर हेल्थ केयर सिमलचौर, गणेशमान प्रधानाङ्ग, टुँडिखेल र पोखरा १६ का जनप्रतिनिधि मञ्जु बस्यालले सहयोग गरेका थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, मंसिर १२ पर्यटनको राजधानी पोखरामा आयोजित दाईं महोत्सवमा पर्यटकहरु रमाएका…







