पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिका वडा नं. २ को प्रथम अधिवेशन २०८३ मंसिर १२ गते सम्पन्न भएको छ। अधिवेशनले शालिकराम सुवेदीको नेतृत्वमा ९ सदस्यीय वडा कार्यसमिति गठन गरेको छ।
पार्टीका केन्द्रीय सदस्य विष्णु एकता गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा कास्की जिल्ला सभापति यदुनाथ अधिकारी, गण्डकी प्रदेश समिति सदस्य सोमनाथ अधिकारी, विभिन्न समितिका पदाधिकारी तथा सदस्य, विभिन्न वडाका सभापति, पार्टी सदस्य, शुभचिन्तक तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
अधिवेशनमा पार्टीका विभिन्न जिम्मेवारीमा रहेका व्यक्तित्वहरूले पार्टीको नीति, विचार, संगठन विस्तार, भावी कार्यदिशा तथा जनताप्रतिको जिम्मेवारीका विषयमा धारणा राखेका थिए।
अधिवेशन सम्पन्न गर्न तथा निर्वाचन प्रक्रिया व्यवस्थित रूपमा सञ्चालन गर्न निर्वाचन क्षेत्र समिति संयोजक राजकुमार भण्डारीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। समितिमा मीन बस्नेत र डिल्लीराम पौडेल सदस्य रहेका थिए।
नवनिर्वाचित सभापति सुवेदीसहित सम्पूर्ण वडा कार्यसमिति सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
अधिवेशनले वडा नं. २ मा पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र गतिशील बनाउँदै जनतासँग नजिक रहेर काम गर्ने अपेक्षा गरिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, मंसिर १२ पर्यटनको राजधानी पोखरामा आयोजित दाईं महोत्सवमा पर्यटकहरु रमाएका…







