नेलम्बो नेपालले पोखराका ३ विद्यालयहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेको छ ।संस्थाले कोभिड १९ को विषम् परिस्थितिलाई मध्येजनर गर्दै सामग्री हस्तान्तरण गरेको हो। पोखरा–२५, हेमजा स्थित ग्रामप्रकाश आधारभूत विद्यालय, पोखरा ३० को त्रिभुवन शान्ति नमूना माध्यमिक विद्यालय र पोखरा २६ को लक्ष्मी माध्यमिक विद्यालयलाई सामग्री हस्तान्तरण गरिएको हो।
संस्थाले मास्क, सेनिटाइजर, स्प्रे बोतल, के.एन ९५ माक्स, फेस सिल्ड, हात धुने साबुन, थर्मल गन लगायतका स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको हो।हेमजा स्थित ग्रामप्रकाश आधारभूतमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रराज पौडेल र प्रधानाध्यापक मनोहरी अधिकारीलाई संस्थाका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले कार्यक्रमका बीच सामग्री हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा धन्यवाद दिदै प्रधानाध्यापक अधिकारीले नेलम्बोका गतिविधि सामाजिक सञ्जालबाट देख्ने गरेकोमा विद्यालय प्राङगणमा नै स्वास्थ्य सामग्रीहरु ग्रहण गर्न पाउँदा खुशी लागेको बताए।
त्रिभुवन शान्ति माविमा भएको कार्यक्रममा वडाध्यक्ष श्रीराम पोख्रेलले नेलम्बो नेपाललाई समग्र वडावासीको तर्फबाट धन्यवाद दिर्दै आगामी दिनमा सहकार्य जारी राख्ने बताए ।उक्त कार्यक्रममा र प्रधानाध्यापक मित्रलाल सापकोटाले पनि भनाई राखेका थिए।
त्यस्तै वडा नं. २६ स्थित लक्ष्मी माध्यमिक विद्यालयको कार्यक्रममा विद्यालयका अध्यक्ष रामकृष्ण जि.सी र प्रधानाध्यापक जगन्नाथ अधिकारी लगायतले नेलम्बोका गतिविधि सराहनीय रहेको औँल्याए।
नेलम्बोले तिन विद्यालयमा गरी कुल रु.५९ हजार ६ सय ४६ का स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरण गरेको जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २८ असोज । पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा २ जना सदस्य…







