पोखरा, असार २७
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले पोखरा–१७ छोरेपाटन माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीलाई कालोमोसो दलेको छ । अध्यक्ष पहारीले छोरेपाटन माविको स्वामित्वमा रहेको पोखराको चर्चित पर्यटकीय स्थल पातले छाँगो (डेभिड फल्स)को भएको जग्गा निजी कम्पनीलाई ठेक्कामा दिएर मिलेमतोमा लुटतन्त्र मच्चाएको आरोप लगाउँदै अखिल (क्रान्तिकारी)ले कालोमोसो दलेको हो ।
भ्रष्टाचारविरोधी अभियान अन्तर्गत पहारीलाई कालोमोसो दलेर सांकेतिक कारबाही गरेको अखिल क्रान्तिकारी गण्डकी प्रदेश समितिले जनाएको छ । अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश संयोजक राजन साउदले एक विज्ञप्ती जारी गरेर घटनाको जिम्मेवारी लिएको छ । विज्ञप्तीमा नीजि कम्पनीलाई डेभिड फल्स सुम्पिने सम्झौता प्रक्रियामा संलग्न प्रधानाध्यापक डिल्लीराम शर्मालाईसमेत तत्काल राजीनामा दिन आग्रह गरेको छ । ‘बेवास्ता गरे थप कारबाहीको चेतावनी दिइन्छ’–विज्ञप्तीमा भनिएको छ ।
अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिले विद्यालयको नाममा हुने भ्रष्टाचार, निजीकरण र माफियातन्त्रविरुद्ध जनकारबाही आवश्यक बनेको बताएको छ । उसले जनताको सम्पत्तिमा दाबी गर्ने तर निजी कम्पनीसँग साँठगाँठ गर्नेहरूलाई अब सजायको दिन सुरु भएको चेतावनीसमेत दिएको छ ।
विद्यालयको सार्वजनिक सम्पत्तिका रुपमा रहेको डेभिड फल्स विगत ४८ वर्षदेखि छोरेपाटन माविले संरक्षण र भोगचलन गर्दै आएको थियो । तर, हालै उक्त जग्गा पोखरा महानगरपालिकाले निजी कम्पनीलाई ठेक्कामा दिएपछि विवादहुँदै आएको छ । विद्यार्थीको भविष्यसँग जोडिएको आयश्रोत गुम्ने खतरा देखिएको भन्दै अखिल (क्रान्तिकारी)ले विरोध गर्दै आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसको देउवा समुहले ४३ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । आगामी…







