पोखरा, साउन १४
कास्कीमा पहिलो पटक कोदो रोपाईं महोत्सव हुने भएको छ । राष्ट्रिय कोदो दिवसको दिन यहि साउन १६ गते शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश र माछापुच्छ्रे गाउँपालिकाको संयुक्त आयोजनामा प्रथम कोदो रोपाईं महोत्सव–२०८२ हुने भएको हो । माछापुच्छ«े गाउँपालिका वडा नम्बर–४ लाहाचोक गाउँपालिका कार्यालय भन्दा ६० मिटर उत्तरतर्फको रोपनी क्षेत्रफलमा हुने नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइरालाले जानकारी दिए ।
शुक्रबार पूर्वाह्न १० बजेदेखि रोपाईं शुरु हुने उनले बताए । रोपाईं महोत्सवको गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
स्वदेशी उत्पादनमा आत्मनिर्भर बनौं भन्ने नाराका साथ हुने महोत्सवमा ख्यातीप्राप्त जन गायक जीवन शर्माको विशेष प्रस्तुती रहने जनाइएको छ । कार्यक्रममा पञ्चेबाजाको साथमा अन्य चर्चित कलाकारहरुले प्रस्तुती राख्ने अध्यक्ष कोइरालाले बताए ।
महोत्सवको अवसरमा आमा समूहहरुबीच कोदो रोपाईं प्रतियोगितासमेत हुने जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख ८ कास्कीको पातीखोला गुफाको संरक्षणका लागि महायज्ञ हुने भएको…






