पोखरा, साउन १५
पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघले प्रथम ऐतिहासिक चाडपर्व उपहार कुपन योजना आजदेखि लागु भएको छ । संस्था दर्ता भएको २५ औं वर्ष प्रवेशको अवसरमा संस्थाले आजदेखि उपहार कुपन योजना लागु गरेको हो ।
आजदेखि शुरु भएको चाडपर्व उपहार योजना आगामी पुस १५ गतेसम्म लागु हुने पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्की अध्यक्ष तथा उपहार कुपन योजनाका मूल आयोजक समिति संयोजक चिन्तामणि खरेलले जानकारी दिए । यस योजना अन्तर्गत इलेक्ट्रनिक्स सामान तथा मोबाइल खरिद गर्ने ग्राहकले एउटा कुपन फ्रिमा पाउने र सोही कुपनद्वारा लक्की ड्रमार्फत भाग्यशाली बिजेता छानिने उनले स्पष्ट पारे ।
‘व्यवसायीले आफ्नो पसलमा आउने ग्राहकलाई जति रकमको सामान खरिद गरे पनि एउटा कुपन निशुल्क उपलब्ध गराउनुपर्ने छ । सोही कुपनका आधारमा भाग्यशाली विजेता छानिनेछ,’ उनले भने । योजना अन्तर्गत ५ सय ६ जना भाग्यशाली विजेताले उपहार प्राप्त गर्ने नेपाल मोबाइल व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष देवकुमार श्रेष्ठले जानकारी दिए ।
भाग्यशाली विजेता एक जनालाई मोटरसाइकल, एक जनालाई स्कुटर, २ जनालाई च्यांग्रा, २ जनालाई फ्ल्याकसिप मोबाइल फोन, २० जनालाई स्मार्ट फोन, ५ जनालाई ३२ इन्चको टिभी, १० जनालाई राइसकुकर दिइनेछ । १० जनालाई इलेक्ट्रिक जग, १ सय २५ जनालाई किप्याड फोन, १ सय २५ जनालाई इयरबड, २० जनालाई स्पीकर, ३० जनालाई पावर बैंक, ३० जनालाई स्मार्ट घडी, १ सय २५ जनालाई भित्ते घडी प्रदान गरिनेछ ।
५ जनाले विशेष भाग्यशाली उपहार योजना अन्तर्गत ५ महिनासम्म मासिक उपहार पाउने नेपाल मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष उदयबहादुर केसी (लाहुरे दाइ)ले बताए । संघले ग्राहकलाई आकर्षित गर्नका लागि ‘मोबाइल तथा इलेक्ट्रोनिक्स सामान खरिदको साथमा, बाइक स्कुटर हातमा’ भन्ने नाराका साथ उपहार योजाना ल्याएको हो ।
संस्थामा ३ सय १० व्यवसायी आवद्ध छन् । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघका सल्लाहकार नारायण सुवेदीले यो मेलालाई सिग्नेचर कार्यक्रमका रुपमा निरन्तरता दिने लक्ष्य रहेको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन्…







