पोखरा, साउन १८
पोखरामा ६ दिने टुरिस्ट गाइड तालिम सुरु भएको छ । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त आयोजनामा पोखरामा टुरिस्ट गाईड तालिमको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले उद्घाटन गरे ।
अन्तराष्ट्रिय टुरिस्ट गाइड उत्पादन गर्ने उद्देश्यले आयोजित तालिममा गण्डकी अल्पाइन क्लब र काठमाण्डौं इन्भायरोनमेण्टल एजुकेशन प्रोजेक्टको प्राविधिक सहयोग रहेको छ । तालिममा ७ महिलासहित २३ जना टुरिस्ट गाईडहरु सहभागी छन् ।
पोखरामा अन्तर्राष्ट्रिय स्तरका टुरिष्ट गाइडहरुको अभाव महशुष भएकाले तालिमको आयोजना गरिएको नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश अध्यक्ष विकास गुरुङले बताए । तालिममा ट्रेकिङ गाइडहरूको लागि प्राथमिक उपचार, नक्सा अध्ययन, पैदल यात्रा व्यवस्थापन, माउन्टेन गाइडिङ, टोपोग्राफिक म्यापिङ, हिमाल आरोहण लगायतका क्रममा आवश्यक कौशल सिकाइनेछ ।
तालिमको उद्घाटन शत्रलाई सम्बोधन गर्दै नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले ट्रेकिङ क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । ‘तालिमले दक्ष जनशक्ति उत्पादन गर्नेछ । जसले पर्यटकलाई थप प्रभावकारी सेवा पु¥याउन मद्दत पुग्छ भन्ने विश्वास छ ।’
नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष शेषकान्त शर्माले अन्तर्राष्ट्रिय स्तरका दक्ष गाइडको अभाव पोखराले झेलिरहेको बताए । उनले भएका दक्ष जनशक्ति जोगाउन ट्रेकिङ गाइडको दैनिक भत्ता दोब्बरले बढाउनुपर्नेमा जोड दिए । उनका अनुसार हाल ट्रेकिङ गाइडले दैनिक ३ हजार ५ सय मात्रै पाउने गरेका छन् ।
संघका सचिव मनशान्त घिमिरेले तालिममा निरन्तर चार वर्षदेखि ट्रेकिङ गाइड गरिरहेकाहरुलाई मात्र तालिममा सहभागि गराइएको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन्…







